काठमाडाै - एक युवककाे फेवातालमा तैरिरहेको अवस्थामा शव फेला परेको छ।
पोखरा सेदीस्थित वाटरफ्रण्ड रिसोर्ट नजिकै एक तालमा शव तैरिरहेको देखेपछि रेस्टुरेन्ट काम गर्नेले प्रहरीलाई खबर गरेका थिए। कपडासहित तैरिरहेको शवबाट मोबाइल, पैसा र लाइसेन्स समेत फेला परेको थियो । प्रहरीका अनुसार शव सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ९ का सुजन थापामगर हाे ।
बैदाम वडा प्रहरी कार्यालयका डीएसपी वेद जोशीले पानीका कारण मोबाइल नखुलेकाले थप जानकारी पाउन नसकिएको बताए।
जोशीका अनुसार शव हेर्दा बिहीबार बेलुका डुबेको हुनसक्ने अनुमान छ । उनी सिन्धुलीबाट घुम्न आएका थिए वा पोखरामै बस्थे भन्ने बारेमा पूर्ण जानकारीमा आइ नसकेकाे जोशीले बताए।
मृतक शवको प्रहरीले मुचुक्ला उठाएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ। मृत शरीरमा कुनै चोटपटक वा डाम नभएकाले अन्य शंका उत्पन्न हुने अवस्था भने रहेको जोशीको भनाइ छ।