सामाखुशी नदीमाथि बनाएको संरचना हटाउदै मेयर बालेन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००० दिन अगाडि
सामाखुशी नदीमाथि बनाएको संरचना हटाउदै मेयर बालेन

काठमाडाै‌ - सामाखुशी नदीमाथि बनाएको कंक्रिट स्ल्याबसहितको संरचना अहिले काठमाडौं महानगरपालिकाले धमाधम हटाइरहेको छ।

सामाखुशी खोला माथि रहेको संरचना  बसुन्धराबाट रेर्डन क्याम्पससम्म हटाइरहेको हो । साउन १  गते देखि खोलामाथिको संरचना हटाउने काम यो हप्ताभित्र सकाउने महानगरको लक्ष्य छ । संरचना हटाउने कामको नेतृत्व लिएका नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन्, "सामाखुसी खोला सतहमाथिको संरचना हटाउने अभियान मैह्पी मन्दिर स्थित विष्णुमती नदी जोड्ने ठाउँसम्म पुर् याउने छौं।"
सामाखुसी खोलामाथि करिब साढे २ किलोमिटर  स्थित कंक्रिट ढलानको संरचना हटाइ गई, भट्टले बताए। भट्टले, "अब ५ सय मिटरजति हटाउन बाँकी होला, त्यो पनि यो हप्ताभित्र हट्छ" भने ।

चालु आर्थिक वर्षकाे बजेट तथा कार्यक्रममा महानगरपालिकाले खोला, खोल्सीको संरक्षणसम्बन्धी नीति पारित गरेको बताउँदै कार्यान्वयन सुरु भएको प्रवक्ता नवीन मानन्धरले बताए। प्रवक्ता मानन्धरले "हामीले आफ्नो क्षेत्र भित्र पर्ने खोलाहरुको संरक्षण गर्ने नीति अनुसार नै छोपिएको खोला खोलेका हौं" भने ।मानन्धरले व्यक्तिको घर नचलाएकोले स्थानीय जनताले अहिलेसम्म  विरोध नगरेको बताए। प्रवक्ता मानन्धरले "खोला बगिरहेको ठाउँमा अन्य संरचना बनाउन भएन नी, व्यक्तिको सम्पत्ति छोएकै छैन, त्यसकारण अहिलेसम्म विरोधको आवाज सुनिएको छैन" भने ।