काठमाडाै - भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको गणेशदेव पाण्डेद्वारा निर्देशित तेस्रो फिल्म ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
सार्वजनिक ट्रेलरमा चार महिला पात्रको कथा देखाइएको छ । फिल्म यौन मनोविज्ञानमा आधारित रहेको ट्रेलरले स्पष्ट पारेकाे छ। अभिनेत्री सुरक्षा पन्तलाई यौनकर्मीको रुपमा चित्रित गरिएको छ । सुशील सिटौला उभने उनलाई एकतर्फी प्रेम गर्छन् ।
रत्नपार्कसँग सम्बन्धित ट्रेलरले एंथोलोजी जनरामा निर्मित जुलेबीको कथा बताउँछ। फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा सुरक्षा र सुशीलसँगै निशा अधिकारी, उषा रजक, मोनिका थापा, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षित, सिमरन शेरचनलगायतको अभिनय छ । आभा शर्मा फिल्म की निर्मात्री हुन् । ट्रेलररले फिल्मको दृश्यभाषा सशक्त रहेको छनक दिन्छ।
निर्देशक पाण्डे स्वयंको लेखन रहेको फिल्ममा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन तथा उत्तम न्यौपानेको साउण्ड डिजाइन छन् । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरण अधिकार लिएको फिल्मको विदेशका केही देशमा प्रदर्शन अधिकार बिक्री भैसकेको बताइएको छ ।