तीन महिने गर्भवती  महिलाको अस्पतालकाे लापरबाहीका कारण मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९९ दिन अगाडि
तीन महिने गर्भवती  महिलाको अस्पतालकाे लापरबाहीका कारण मृत्यु

काठमाडाै  - चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवती  महिलाको मृत्यु भएकाे छ ।

उक्त  घटना पछि अस्पतालमा तनाव उत्पन्न भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २६ निवासी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो । रक्तश्राव भएर अस्पताल आएकी नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् ।  शुक्रबार दिउँसो उनको अपरेशन गरिएको अस्पतालले बताएको छ । महतोका पिता सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले बेवास्ता गरेको कारण मृत्यु भएकाे बताए ।पीड़ित परिवारका अनुसार, अस्पतालले शव बुझने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको आरोप छ । मृतकका परिवारका सदस्यहरूले अस्पतालको गेटमा चाबी लगाएका छन्। अहिले छलफल सुरु गर्न लागिएको छ । अस्पतालमा रातिदेखि नै प्रहरी परिचालन गरिएको छ ।