काठमाडौं– कवि ठाकुरप्रसाद खतिवडाको पहिलो कृति ‘तमोर सुसाउँदा’ कविता संग्रह लोकार्पण भएको छ।
शनिवार काठमाडौंको जोरपाटीमा एक कार्यक्रमको आयोजना गरी उक्त कविता संग्रहको लोकार्पण गरिएको हो ।
साहित्यकार ठाकुर शर्मा भण्डारीको प्रमुख आतित्थ्यतामा सार्वजनिक संग्रहमा कवि खतिवाडाले बाल्यकालदेखिको स्मृति, देशको वास्तविक अवस्था, राजनीतिक परिवर्तन लगायतका समसामयीक विषयमाथि कलम चलाएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार भण्डारीले सरल भाषामा लिपिवद्ध कविता संग्रहमा नेपाली समाज र समाज भित्रका अनेकन आयामलाई लेखकले समावेश गरिएकाले पुस्तक ‘तमोर सुसाउँदा’ पाठकका लागि उत्कृष्ट हुन सक्ने बताए । उनले कविता संग्रहमा पारिवारिक विषयलाई प्राथमिकता दिएपनि त्यसमा भावनात्मक विम्ब पोखिएको र त्यसले पाठकको मन जित्न सक्ने बताए।
‘आफूले देशको विकृती विसंगती तथा आफ्नो जन्म गाउँको विषयमा केही न केही गर्न इच्छा भएकै कारण पुस्तक प्रकाशन गरेको हुँ, लेखक खतिवडाले भने । कक्षा ५ सम्मको औपचारिक अध्ययन गरेका लेखक खतिवडाले पुस्तकमा आफूलाई डिग्री हाँसिल गरे बराबर प्रस्तुत गर्न सकेको प्रतिक्रिया पाएको र जीवनमा एक नयाँ सन्तानको जन्म गराएको अनुभूत भइरहेको भन्दै खुसी व्यक्त गरे ।