‘तिम्रो साथमै जिउने चाहना’ को म्युजिक भिडिओ सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९९ दिन अगाडि
‘तिम्रो साथमै जिउने चाहना’ को म्युजिक भिडिओ सार्वजनिक

काठमाडौं -गम्भीर विष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडिओ ‘तिम्रो साथमै जिउने चाहना’ सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन् । शिव अहिले अष्ट्रेलिया बसेर सिनेमा निर्देशन पनि पढिरहेका छन् । उनले समय निकालेर म्युजिक भिडियो अभिनय पनि गरेका छन्। सार्वजनिक गीतमा उनको डान्स र सिक्स प्याक्ड शरीर तारिफ योग्य छ ।सार्वजनिक भिडिओ आर्ट मुभिज र मोडल सुधिर श्रेष्ठसँगको सहकार्यमा निर्माण भएको हो। भिडियोमा सुधिर पनि विशेष भूमिकामा देखिएका छन् ।आर्ट मुभिजको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडिओमा कोरियोग्राफी पनि स्वयं निर्देशक विष्टको नै रहेको छ । भिडियो उत्कृष्ट बनेकाले दर्शकले मन पराउने विश्वास ठकुरीलाई छ ।अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोमा सनिश श्रेष्ठ र ममता गुरुङको स्वर सुन्न सकिन्छ । सुधिर श्रेष्ठको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडिओमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, मिलन विश्वकर्माको कलर तथा शम्भु श्रेष्ठ प्रोडक्सन म्यानेजरको रूपमा आबद्ध छन् ।