गायक यज्ञ सापकोटाकाे तीज गीत ‘घर झगडा’ भाग ६ सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९८ दिन अगाडि
गायक यज्ञ सापकोटाकाे तीज गीत ‘घर झगडा’ भाग ६ सार्वजनिक

 काठमाडाै‌-गायक यज्ञ सापकोटाले तीज गीत ‘घर झगडा’ भाग ६ सार्वजनिक गरेका छन् ।

आइतवार बेलुका सार्वजनिक यो गीतलाई अकलादेवी म्युजिकले प्रस्तुत गरेको हो ।  यसमा पशुपति शर्मा, सम्झना भण्डारी, पूजा देवकोटा, यज्ञ सापकोटा, सुन्दर प्रयास परियार र सित्तल कल्पना गरी ६ जना गायक/गायिकाले स्वर दिएका छन् ।  एउटा घरभित्रको झगडामा बनेको गीतका शब्द टंक डुम्रेले कोरेका हुन् । गायक यज्ञ सापकोटाकै संगीत रहेको गीतमा एरेन्ज विश्वास नेपालको छ । मदन खड्काको निर्देशनमा  यसको भिडियो बनेको हो । सुरवीर पण्डित, अंशु श्रेष्ठसँगै यज्ञ सापकोटा, टंक डुम्रे, प्रभा नाथ, शिखा थापा लगायतको अभिनय भिडियोमा हेर्न सकिन्छ । वीरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।  ‘घरझगडा’को ५ भाग सम्मलाई स्रोता एवं दर्शकले रुचाएसँगै भाग ६ ल्याइएको गायकले बताएका छन् ।