काठमाडाैं- आगामी भादाै ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच चलचित्रकाे ट्रेलर सार्वजनिक गरिएको हो ।
निर्माताद्धय सुरज ल्वागुन (सरकार) , राज के अधिकारी, अभिनेता सलोन बस्नेत र आमेष भण्डारी लगायततका विशेष व्याक्तिहरुको उपस्थितिमा कार्यक्रमकाे आयोजना गरि ट्रेलर गरिएको हो । पारिवारिक कथा बस्तुमा रहेर तयार गरिएकाे भनिएकाे चलचित्रकाे ट्रेलरमा त्रिकाेणात्मक लभ स्टाेरी रहेकाे देख्न सकिन्छ ।
टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलिचत्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भिएफएक्स छ ।
चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान रहेका छन् ।