नेपाल टेलिकमले नै हरायाे १० लाख बराबरको रिचार्ज कार्ड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८७ दिन अगाडि
नेपाल टेलिकमले नै  हरायाे १० लाख बराबरको रिचार्ज कार्ड

काठमाडाै‌ - नेपाल टेलिकमले ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको बताएकाे छ ।

नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले नमस्ते ब्राण्डका रिचार्ज कार्ड काठमाडौं बाट  भैरहवा पठाउने क्रममा हराएको  जनाएको छ।

निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी वितरक वा ग्राहकलाई ती रिचार्ज कार्ड फेला पारेमा निकटतम दूरसञ्चार कार्यालयमा बुझाइदिन अनुरोध गरेको छ। निर्देशनालयले सिरियल नंबर ११२२१२००१३७८००१ देखि ११२२१२००१३८०००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको बताएकाे हाे ।

निर्देशनालयले ती सिरियल नम्बर भएका रिचार्ज कार्ड को बिक्री या खरीद न गर्न पनि अनुरोध गरेको छ। नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले करिब दुई हप्ता अगाडि एक ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा हराएको र खोजी जारी रहेको जानकारी दिए ।