काठमाडाै - गायक यश कुमार की म्युजिकल फिल्म "सुस्तरी सुस्तरी" आज डिजिटल प्लेटफॉर्ममा सार्वजनिक भएको छ ।
मंगलबार रिलीज भएकाे म्युजिकल फिल्ममा नगर प्रहरी र सडकमा मकै बेच्दै गरेकी एक युवतीबीचको सुन्दर प्रेमकथा छ । नगर प्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमार आफैँ छन्, जबकि सडक व्यापारीको भूमिकामा अभिनेत्री अनु थापा छिन्।
अनु चाैधरीले गायनमा यशलाई साथ दिएकी छिन्। कथा नगर प्रहरी र सडक व्यापारी बीचकाे द्वन्द्वबाट सुरु हुने अनि प्रेममा परिणत हुँदै सडकमा व्यापार गर्नुहुँदैन भन्ने सन्देश दिएर टुंगिन्छ ।
राजेश घटानी, पञ्ची तामाङ र अनिता लामाहरुले यस फिल्ममा अभिनय गरेका छन्। म्युजिकल फिल्मको निर्देशन निकेश खड्काले गरेका हुन् । गीतकाे शब्द र संगीत पनि यशकाे आफ्नै हाे ।