काठमाडाैं- नेपाल व्यापार संघले राजस्व प्रशासन र सुरक्षा सम्बन्धी अभिबृद्धि कार्यक्रम सञ्चारलन गर्ने भएको छ। संघका अध्यक्ष हरि गौतमका अनुसार कार्यक्रम यहि साउन २९ गते आयोजना हुनेछ ।
नेपाल व्यापार संघ केन्द्रिय कार्यालयको आयोजनामा राजस्व प्रशासन, कर, भन्सार र राजस्व चुहावट नियन्त्रण लगायतका विषयमा छलफल हुनेछ ।
अध्यक्ष हरि गौतमले चोरी, ठगी र चेक वाउन्स जस्ता मुद्दामा सचेतना कार्यक्रम चलाउने बताए। कार्यक्रममा आन्तरिक राजस्व, उद्योग, भन्सार र राजस्व अनुसन्धान विभाग लगायतका महानिर्देशकहरुको उपस्थिति रहनेछ।
कार्यक्रममा व्यापारी व्यवसायीहरुले कर सम्बन्धी नबुझेका कुराहरु महानिर्देशक समक्ष प्रश्न राख्नेछन भने सान्दर्भिक र विषयगत प्रश्नको जिज्ञासा महानिर्देशकले व्यक्त गर्नेछन ।
यस्ता कार्यक्रमले कर चुहावट नियन्त्रण हुने र राज्यलाई ठुलो सहयोग हुने विश्वास लिइएको छ । कार्यक्रम सम्पन्न पश्चात व्यापारी तथा व्यवसायीहरुले करका विषयमा इमान्दार भएर लाग्ने र राज्यको कर संकलनमा सहयोग पुग्ने अध्यक्ष गौतमले विश्वास लिएको छ ।