विषालु च्याउले ६ जनाला‌इ पुर्यायाे अस्पताल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८७ दिन अगाडि
विषालु च्याउले  ६ जनाला‌इ पुर्यायाे अस्पताल

काठमाडाै‌ - मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाएर छ जना बिरामी भएर अस्पताल भर्ना भएका छन् ।

गाउँपालिकाको २ नम्बर वडाको ‌ओडारमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका वडाध्यक्ष बुद्धराम लामाले बताए ।

लामाले स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ च्याउ खाने क्रममा बिरामी परेका बताए । स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीका अनुसार, उनीहरुलाई च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या हुँदा राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिएको थियो, तर उनीहरुलाई थप उपचारको लागि भरतपुर रिफर गरिएको हाे । कार्कीले  "आईसीयु सहितको थप उपचार आवश्यक पर्ने देखिएकोले रिफर गरेका छौं "  भने ।