काठमाडाै - अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमा धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईद्वारा गोली हानि मारिएको छ।
बाइडेन युटाह जानुभन्दा केही घण्टा पहिले अमेरिकी गुप्तचर संस्था एफबीआईको एक टोलीले क्रेग रोबर्टसन नामक व्यक्तिलाई उनकै घरमा गोली हानेर मारेको थियो।
एफबीआईले साल्ट लेक सिटीको दक्षिणमा प्रोवो नामक स्थानमा रोबर्टसनको घरमा उनीमाथि गोली प्रहार गरेकाे बतायाे। यस घटनाबार थप विवरणहरु सार्वजनिक भएको छैन ।
ती व्यक्तिले फेसबुक वालमा बाइडन र बन्दुकका फोटोहरु पोस्ट गर्ने र मार्ने धम्कीसहितका दर्जनौं स्टाटस राखेको आरोप छ।