काठमाडाै - बागलुङमा छ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ ।
बुधबार नरेठाँटी प्रहरी चौकीको टोलीले एक र हटिया प्रहरी चौकीको टोलीले पाँच भरुवा बन्दुक बरामद गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार, गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका-१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको हाे ।
प्रहरीले बन्दुक कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।