काठमाडाै - सर्लाहीमा एक पुरुषको शव पुलमुनि फेला परेको छ।
प्रहरीका अनुसार पूर्व (पश्चिम राजमार्ग) अन्तर्गत सर्लाहीको हरिवन नगपालिका वडा नं. ४ स्थित लखन्देखी पुलमुनि एक व्यक्तिको टाउको फेला परेको छ।
स्थानीय व्यक्तिले बिहीबार बिहान करिब साढे सात बजे घाँटीबाट छिनाएको टाउको देखेपछि प्रहरीलाइ सूचना दिएका थिए। पुरुषको अहिले सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पन्जियार थारुले बताए।
उनले घटनास्थलको अवस्था देख्दा युवक मारिएको देखिन्छ। पुरुषको सोही स्थानमा हत्या भएकाे वा बाढीले टाउको बगाएरर आएको भन्ने खुल्न सकेको छैन । प्रवक्ता थारुले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए।