धमाधम विदेश पलायन हुँदै राष्ट्रिय फुटबल खेलाडी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९६ दिन अगाडि
धमाधम विदेश पलायन हुँदै  राष्ट्रिय  फुटबल खेलाडी

काठमाडौँ - नेपाली युवाहरु विदेशिने क्रम बढ्दाे छ । त्यसमा पनि राष्ट्रका लागि खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका खेलाडी समेत दिनानुदिन विदेश पलाइन भइरहेका छन् ।

फुटबलमा भविष्य बलियो नदेख्दा खेलाडीहरु अस्ट्रेलिया जाने बढ्दाे छ । 

आफ्नो सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया जाने खेलाडीको सूचीमा बिहीबार पुजन उपरकोटी, निशान खड्का र रवि पासवान थपिएका छन्।

तीनै खेलाडी राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी हुन्। तीनै जना अस्ट्रेलियाको स्थानीय टिमबाट खेल्न त्यसतर्फ गएका हुन्। यसअघि सोमबार फरवार्ड दीपक राज सिंह ठकुरी अस्ट्रेलिया गएका थिए। पछिल्लो केही वर्षमा नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम बढेको छ।

दुई वर्षमा दुई दर्जन बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया गइसकेका छन्।