फिल्म 'जुलेबी' को 'आज मन' गीत सार्वजनिक (भिडियाे)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९५ दिन अगाडि
फिल्म 'जुलेबी' को 'आज मन' गीत सार्वजनिक (भिडियाे)

काठमाडौं-आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ ।

बिहीबार डिएआर मुभिज युट्युब च्यानलमार्फत फिल्ममा समावेश 'आज मन' बोलको गीत सार्वजनिक गरिएको हो। केतन क्षेत्रीको स्वर रहेको गीतमा कोशिश केतनको शब्द र संगीत छ। एथोलजी विधामा रहेको फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, रोशन सुवेदी, समिरमणी दिक्षितलगायत कलाकारको अभिनय छ। फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरको फिल्मलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन्। फिल्मको कार्यकारी निर्माता नविन भट्ट छन्।  विवेक खड्काले छायांकन गरेको फिल्मलाई अजय खड्काले सम्पादन गरेका छन् । यो फिल्म भदौ १ गतेदेखि प्रदर्शन हुनेछ।