संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने रास्वपा सांसदहरुको घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९५ दिन अगाडि
संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने रास्वपा सांसदहरुको घोषणा

 काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।   

रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् । साथै राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी दिए । ‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु’ उनले भनेका छन् ।