२१ सदस्यीय कार्यसमिति चयन गर्दै एनबिटिसी कलंकीले सम्पन्न गर्‌याे तेस्रो साधारणसभा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९२ दिन अगाडि
२१ सदस्यीय कार्यसमिति चयन गर्दै एनबिटिसी कलंकीले सम्पन्न गर्‌याे तेस्रो साधारणसभा

काठमाडौं- नेसनल बजिनेस ट्रेड सेन्टर (NBTC) कलंकीले तेस्रो साधारणसभा सम्पन्न गरेको छ । कलंकीको व्यापारिक कप्लेक्समा भएको एनबिटिसी ब्यापार संघकाे उक्त साधारणसभाले होमनाथ गिरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यासमिति निर्विरोध चयन गरेको हो ।

नेपाल ब्यापार संघका अध्यक्ष हरि गाैतमकाे प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न साधारणसभाबाट गिरी दोस्रो कार्यकालको लागि अध्यक्ष चयन हुँदा महासचिवमा योगेश श्रेष्ठ चयन भएका छन् । ५ जना उपाध्यक्ष रहेको कार्यसमितमा कोषाध्यक्षसहित ११ जना सदस्य रहेका छन् । 

नेपालमे पहिलो पटक एकै छानामुनी करीब एक हजार होलसेल पसलहरु सहितको देशकै सबैभन्दा ठुलो कम्प्लेक्स हाे नेसनल बजिनेस ट्रेड सेन्टर NBTC ।

कोरोना महामारी र भुकम्पीय जोखिमका बेला ग्राहकहरुका लागि बिना कुनै डर, त्रास निर्धक्कसंग आफुलाई आवश्यक विविध सामाग्रिहरु खरिद गर्न सकुन् भन्ने उदेश्यसहित याे कम्प्लेक्स काेराेना कहरकै समयमा सञ्चालनमा ल्याइएकाे थियाे । २०७७ सालदेखिनै व्यवसायिक रुपमा संचालनमा आएको  NBTC Wholesale Complex)कलंकी भाटभटेनी नजिक रिङरोडसंगै रहेको छ । 

यस कम्प्लेक्समा आठ तल्ला मध्ये पाँच तल्लामा व्यापारिक पसलहरु रहेको छ, विशाल अन्डर ग्राउन्ड पार्कीङ सुविधा साथै प्रयाप्त गोदामको व्यवस्था रहेको यो भबन करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यद्यपि वर्तमान अवस्थामा भने  पसल भाडामा दिने र लिने दुबै वर्गका व्यापारीहरू आर्थिक मन्दिकाे चपेटामा रहेकाले यस परिस्थितिको अन्त्यका लागि व्यवसायीहरु प्रतिक्षारत रहेकाे अध्यक्ष गिरीको भनाइ छ । आर्थिक मन्दी र यसकाे समाधानका लागि राज्यस्तरबाटै साेच्न पर्नेमा उनकाे जाेड पनि रिहेको छ ।