नेपाल व्यापार संघले काठमाडौँले सम्पन्न गर्याे ‘राजश्व प्रशासन र सुरक्षा’ सम्बन्धि सचेतना कार्यक्रम

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८१ दिन अगाडि
नेपाल व्यापार संघले काठमाडौँले सम्पन्न गर्याे ‘राजश्व प्रशासन र सुरक्षा’ सम्बन्धि सचेतना कार्यक्रम

काठमाडौं – नेपाल व्यापार संघ काठमाडौँले राजश्व प्रशासन र सुरक्षा सम्बन्धि एकदिने सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

राजश्व अनुसन्धान विभागका निर्देशक विनोद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्तमान अवस्थामा व्यवासायीहरूले भोग्नु परेक विभिध विषयमा छलफल भएको थियो । 

कार्यक्रममा व्यावसायीहरूका वर्तमान समस्या र जिज्ञासका बारेमा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले जानकारी गराउनु भएको थियो । उहाँले ‘ट्याग’ अर्थात् उपभोक्ताका लागि माल वस्तुमा लेभलिङ, कर र करको दोहोरो भार, राजश्व र आर्थिक क्षेत्रमा खेप्नुपरेको सास्ती, भारतबाट आउने कन्टेनर र त्यसमा भारतीय पक्षबाट हुनेगरेका गतिविधि, व्यवसायीका लागि सुरक्षा व्यवस्था तथा चीन तर्फका नाका खोल्ने लगायकतका समस्या अवगत गराउनु भएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सरोकारवालाहरूले ती समस्याबारेमा जवाफ पेश गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले कर तथा राजश्वका विषयमा स्पस्ट रुपमा कानूननमै लेखिएको यसमा सबै व्यावसायीको सहभागिता अनिवार्य रहेका बताउनु भयो । राजश्व विशेष गरेर आफ्नै देशका लागि भएकोले पनि यसमा आउन व्यवासायी डराउन नहुने उहाँको धारणा थियो ।

यस्तै वाणिज्य विभागबाट प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएका विजय कुमार भट्टराईले उपभोक्ता संरक्षण हित सम्बन्धि लागु भएको नियमहरुबारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा कर प्रणालीका बारेमा, मालसामान लेभलिङ गर्नेलगायतका विषयमा पनि कानूनमा स्पस्ट लेखिएकाले त्यसतर्फ सचेत रहन पनि व्यवासयीहरूलाई सरोकारवाला निकायका प्रतिनिधिहरूले सुझाएका थिए ।