'ऐंचो पैंचो'मा नेता बनेकी स्वस्तिमा, यस्ताे छ ट्रेलर (भिडियाे)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९१ दिन अगाडि
'ऐंचो पैंचो'मा नेता बनेकी स्वस्तिमा, यस्ताे छ  ट्रेलर (भिडियाे)

 काठमाडाै‌-नेपाली कथानक चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । 

सोमवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलर राजनीतिक कथामा केन्द्रित छ ।कृषा चौलागाईंद्वारा निर्देशित यो फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिश क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ । अभिनेत्री स्वस्तिमा ट्रेलरमा भोटका लागि हात जोड्दै पर्चा बाँडिरहेको देखिएकी छिन् ।

ट्रेलरमा अन्तिममा उनको संवाद छ, ‘यसको पोलिटिकल करिअर त म यस्तो ध्वस्त बनाइदिन्छु नि ।’ यो संवादले उनी चुनावी मैदानमा उत्रिनुको केही कारण रहेको संकेत गर्छ । त्यस्तै, अभिनेता मुकुन भुषालको एउटा संवादले युवाहरूको वैदेशिक रोजगारीको वाध्यतालाई समेत फिल्मले उठान गरेको बुझ्न सकिन्छ ।  प्रितम लामिछाने र आध्या लामिछाने फिल्मको निर्माता हुन् । भदौंको १४ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ ।