काठमाडाै- संघीय सांसद प्रेमबहादुर आलेले चलचित्रमा अभिनयकाे रुची देखाएका छन् ।
साेमबार ऐंचो पैँचो’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सांसद प्रेम आलेले अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको र चलिचत्रले पनि त्यही कथालाई केन्द्रमा राखेर कथा बाेलकाे भन्दै आफू पनि फिल्ममा रहेको भए राजनीतिक विकृतिहरु प्रष्ट्याउने बताए ।
'यस चलचित्रका लागी सबैले धेरै मेहनत गर्नुभएको छ। यसमा मलाई पनि राखेको भए राजनीतिमा भएका सत्य कुराहरु बोल्थेँ।म खेलेको भए राजनीतिका विकृति प्रष्ट्याउँथे,' आलेले भने ‘यो फिल्म राजनीति सम्बन्धीका कुराहरु रहेछन्, खुशी लाग्यो। अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको छ।'
चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय रहेकाे छ ।
कृषा चौलागाईंद्वारा निर्देशित यो चलचित्रका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन् । भदौको १४ गतेबाट चलचित्र देशव्यापी प्रदर्शनमा आउँदैछ ।
भिडयाेका लागि 👉 यहाँ click गर्नुहाेस् ।