सञ्चारकर्मीसमेत रहेका रामजी ज्ञवालीको निर्देशन रहेको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ।
नेपालमा युवाहरुको वर्तमान अवस्था, देश भित्रै रोजगारी प्राप्तीका लागि गरेको संघर्ष अनि उनीहरुले भोग्नुपरेको पीडादायक अवस्था र बाध्यता चलचित्रमा देख्न सकिन्छ । केहिदिन अघि अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको हो ।
लघु चलिचत्र सार्वनजिक पछि निर्देशक ज्ञवालीले देशभित्रको यथार्थ कथालाई दर्शकमाझ पुर्याउने प्रयास गरिएकाे बताए । 'समाजभित्र देखिएको कथालाई नै चलचित्रमा उतारेको । बेरोजगोरीका कारण दैनिकजसाे हजारौं युवा विदेशिनु परेकाे र त्यस्कै विम्ब चलचित्रमा प्रस्तुत गरेको हुँ।'
लघु चलचित्रमा महेश खड्का र सविना राउतको मुख्य अभिनय रहेको छ भने, दीपक ढकाल, नारायण कँडेल, राजेश भट्टराई, सुदिन श्रेष्ठ, शिबु पाण्डेको पनि अभिनय देख्न सकिन्छ ।
चलचित्रको कथा पवन बस्यालले लेखेका हुन् ।
लघु चलचित्र ‘लिलामी’ - भिडियो