'मेरो भ्वाईस यूनिर्भस र डान्स' को ग्रान्ड फिनाले भदौं २ गते हुने -प्रथम हुनेले जनही करोड पाउने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८७ दिन अगाडि
'मेरो भ्वाईस यूनिर्भस र डान्स' को ग्रान्ड फिनाले भदौं २ गते हुने  -प्रथम हुनेले जनही करोड पाउने

 काठमाडाै‌-नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिवार हुने भएको छ ।

यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिवार प्रतिस्पर्धा गर्दैछन् । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले ३० लाख र दोस्रोले २० लाख रुपैयाँसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा हुने अन्तिम पाँचमा रहेका ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’को नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद् हुमागाईँ अन्तिम पाँचमा छन् । यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ  मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की (थाइल्यान्ड), देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा छन् ।गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद् हुमागाईँ अन्तिम पाँचमा छन् । यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ  मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की (थाइल्यान्ड), देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा छन् । रासस