संसद् अवरोध नियम संगत होइन : एमाले नेता नेम्बाङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८७ दिन अगाडि
संसद् अवरोध नियम संगत होइन : एमाले नेता नेम्बाङ

 काठमाडाै‌-एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संसद् अवरोध नियमसंगत कुरा नभएको बताएका छन् ।

संसदमा दलहरूले गर्ने अवरोध संसदीय अभ्यासविपरीत हुने र जो सुकैले अवरोध गरे पनि त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्ने उनको भनाइ छ ।  शनिबार काभ्रेको धुलिखेलमा संघीय संसद् सचिवालयले गरेको ‘संसद्–सञ्चार सम्बन्ध’ कार्यक्रममा बोल्दै संविधानसभा अध्यक्ष रहिसकेका नेम्बाङले जुन सुकै दलले अवरोध गरे पनि त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्ने बताए ।  ‘संसद्मा अवरोध भन्ने कुरा नियमसंगत होइन भन्ने मेरो स्पष्ट मान्यता छ । अहिले भनेको होइन, उहिल्यैदेखि अहिलेसम्म अविचलित र अडिग । संविधानले अवरोध गर्ने कुरालाई अनुमति दिएको छैन । नियमले पनि अवरोधको कल्पना गरेको छैन । तर, राजनीतिक दलहरूले कहिले कहिले अवरोध गर्छन्,’ उनले भने, ‘अवरोधको औचित्य भने पुष्टि गर्न सक्नुपर्छ ।’  नेपालको संसदीय इतिहासमा पटकपटक अवरोध भएको दृष्टान्त पेश गर्दै उनले तर, संविधान सभामा भने सकेसम्म अवरोध नगर्ने समझदारी तत्कालीन दलहरूबीचमा भएको र धेरै हदसम्म सहमति पालना पनि बताएको बताए ।