चलचित्र ‘जय हो’को पात्र मेरै जीवन भोगाइसँग मिल्दो जुल्दो छ:  माओत्से गुरुङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८७ दिन अगाडि
चलचित्र ‘जय हो’को पात्र मेरै जीवन भोगाइसँग मिल्दो जुल्दो छ:  माओत्से गुरुङ

काठमाडौं – यहीँ भदौ २४ गते  चलचित्र ‘जय हो’ प्रर्दशनमा आँउदै छ । विशेष गरेर रंगमञ्च र चलचित्र दुवै क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल कलाकार माओत्से गुरुङलाई पनि चलचित्रमा देख्न सकिन्छ ।

अधिकांस समय पोखरामै बसेर अभिनयलाई निरन्तरता दिँदै आइरहेका माओत्से गुरुङ थिएटर तथा गुरुङ भाषामा बन्ने चलचित्रहरूमा अझ बढी ब्यस्त हुने कलाकार हुन् । 

उनलाई यस चलचित्रमा मुख्य भूमिकामा देख्न सकिने छ । दोर्जेको क्यारेक्टर निर्वाह गरेका गुरुङले चलचित्रको दोर्जे र आफ्नो जीवन कहाँ कहाँ मिलेको बताए । उनले चलचित्र जय होको प्रसंगमा भने सञ्चारकर्मीहरूसँग भने ‘ चलचित्रमा विवाहको रमाइलो क्षण कैद गर्न पोखराबाट एकजना फोटोग्राफर लिएर पात्र  मुस्ताङ जान्छ, त्यो फोटोग्राफरसँगै अरु पात्रहरु आउँछन् र दोर्जेको विवाहसम्म चलचित्रमा हुन्छ । जहाँ थुप्रै किसिमका घट्छन् र दोर्जेको पात्रले भने मेरै कथा बोल झैं लाग्छ ।’

माओत्से गुरुङको पहिलो विवाह २४ वर्षको उमेरमा भएको रहेछ । तर, उक्त विावह पछिको सम्बन्धमा दीर्घकालसम्म रहन सकने र उनले उमेर ढल्केपछि दोस्रो विवाह गर्नु पर्‌यो । त्यसैले पनि दोर्जे पात्रसँग उनको जीवनी मेल खाएछ । माओत्से थप्छन्, ‘रमाइलो गरिरहनुपर्ने दोर्जे क्यारेक्टरको स्वभाव अनि ढिलो विवाह आफूसँग धेरै हदसम्म मिल्ने नै छ त्यसैले आफ्नो क्यारेक्टर दर्शकलाई रमाइलो लाग्नेमा म विश्वस्त छु।’

चलचित्र ‘जय हो’ मा माओत्सेसँगै, सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापालगायतको अभिनय देख्न सकिन्छ । 

अन्तर्वार्ता भिडियो