ताप्लेजुङ - राष्ट्रिय युवा संघ ताप्लेजुङले पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ ।
सिदिङ्वा गाउँपालिको साविक मेहेले र सुरुङखिमका पहिरो प्रभावितहरुलाई संघले राहत वितरण गरेको हो ।
युवा संघले झापा मोरङ र सुनसरीमा संकलन गरेको चामल प्रति परिवार एक-एक बोराका दरले नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङवो, एमाले प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री बलबहाुदर साम्सोहाङ, एमाले ताप्लेजुङका सहसचिव तथा आठराई त्रिवेणी गाँउपालिका अध्यक्ष दिपेन पोमु ,राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी सदस्य गोपाल न्यौपाने एमाले जिल्ला कमिटी सदस्यहरु सन्तोष प्रसाई,आशिश केदेम ,कैलाश राई लगायतको उपस्थितिमा राहत वितरण गरिएको हाे ।
पहिरो प्रभावितहरु मेहेलमा ६८ परिवार र सुरुम्खिममा ४१ परिवारलाई चामल वितरण गरेको एमालेका ताप्लेजुङ जिल्ला उपाध्यक्ष मनिक तुम्बाहाम्फेले जानकारी दिए ।
त्यस्तै पहिरो प्रभावितलाई नै वितरण गर्न भने केही मनकारी संस्थाले पालिकालाई दिएको ६८ थान ब्लाङकेट पनि पहिरो प्रभावितलाई पूर्वमन्त्रीहरुको हातबाट वितरण गरेको तुम्बाहाम्फेले बताए । याेसँगै सिदिङवाका केही वडामा अझै राहत वितरणको काम बाँकी रहेको युवा संघले जनाएको छ ।