कैलालीमा छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्युु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८६ दिन अगाडि
कैलालीमा छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्युु

 काठमाडाै‌ - कैलालीमा छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्युु भएको छ ।

धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका– १२ सीगाउँ बस्ने ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको शौचालयमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, कैलारी गाउँपालिका– ९ बनकनरी बस्ने ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ । शनिबार साँझ पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकैको समाज सुधार सामुदायिक वनमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । दुुवै घटनाबारे प्रहरीले अनुुसन्धान गरिरहेको छ ।