ताप्लेजुङमा आँखाका बिरामी , सदरमुकाममा मात्रै ५ सय बढि संक्रमित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८६ दिन अगाडि
ताप्लेजुङमा आँखाका बिरामी , सदरमुकाममा मात्रै ५ सय बढि संक्रमित

 काठमाडाै‌-फुङलिङ नगरपालिकाको डिचेन डोङगला आँखा उपचार केन्द्रमा शुक्रबार ५३ जना परीक्षणका लागि आए ।

तीमध्येका ३९ जना आँखा पाक्ने समस्या लिएर आएका थिए । साउन १२ गतेदेखि देखिएको आँखा पाक्ने समस्या(कन्जक्टिभाइटिस) अझै नियन्त्रणमा नआएको आँखा उपचार केन्द्रका इञ्चार्ज काजी गुरुङ बताउँछन् । उनका अनुसार २० दिनको अवधिमा पाँच सयभन्दा बढीको उपचार सदरमुकाम फुङलिङबाट भएको छ । उक्त केन्द्रले साउन १२ देखि ३२ सम्म ४ सय ६५ जनाको नाम दर्ता गरेरै उपचार गरेको छ । उनले भने,‘पैसा छैन, आँखा यस्तो भयो भनेर आउनेहरूमध्ये एक सय हाराहारीको निस्शुल्क उपचार गर्यौं ।’

सदरमुकामबाहिर दोभान बजारबाट पनि सेवा प्रवाह गरिरहेको उक्त संघले दैनिक आठ,दश जनाआँखाका बिरामी आउने गरेको जनाएको छ । आँखा उपचार केन्द्रका नेत्र सहायक शैलेन्द्र महतोका अनुसार आँखा पाक्ने र चोटपटक लाग्नेहरु बढी आउँछन् । नागरिकलाई उपचारको विषयमा टेलिफोनबाट जानकारी गराइएको र सञ्चार माध्यमबाट सूचना समेत प्रवाह गरिएको इञ्चार्ज गुरुङ बताउँछन् । विशेषगरी सरसफाइमा ध्यान दिनुपर्ने र सूसूचित हुनुपर्ने भएकाले नागरिकहरुमा पुग्नेगरी सूचना पनि प्रवाह गरिएको नेत्रज्योति संघको भनाइ छ ।