ट्रेरलमा हेर्नुहाेस चलचित्र ‘नाङ्गो गाउँ (भिडियो)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८४ दिन अगाडि
ट्रेरलमा हेर्नुहाेस चलचित्र ‘नाङ्गो गाउँ (भिडियो)

काठमाडाैं- २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ।

राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको चलचित्रको ट्रेलरमा अभिनेता दयाहाङ राई र शिशिर वाङ्देलबीचको राजनीतिक लडाई देखाउन खोजिएको छ ।

क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई जय श्रेष्ठले निर्माण गरेका हुन् । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।