एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८४ दिन अगाडि
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं -नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ । नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने जानकारी दिए । नेकपा एकीकृत समाजवादीले आगामी माघमा राष्ट्रिय महाधिवेशनको तयारी गरेकाले त्यसबारे पनि बैठकमा छलफल हुने छ ।