काठमाडाै -हिमाली जिल्ला डोल्पा जोड्ने भेरीकरिडोरको डोल्पाखण्ड अवरुद्ध भएको दस दिनपछि खुलेको छ।
त्रिपुरासुन्दरी नगरपालिका-५ अनारदुलामा माथिबाट खसेको सुख्खा पहिरोको कारण अवरुद्घ भएको सडक दस दिन पछि खुलेको हो। एक्साभेटर लगाएर पहिरो पन्छाएसँगै सडक खुलेको भेरीकरिडोर कार्यालयका प्रमुख सुजन अधिकारीले जानकारी दिए । सुख्खा पहिरोले सडक समेत भासिएकाले बाटो खुलाउन तटबन्ध समेत गरिएको उनले बताए । सडक खुलेपछि जिल्ला भित्रने र बाहिरिने सवारीसाधनहरु आवागमनमा सजिलो भएको यातायात व्यवसायीले बताएकाछन्।