सिंहदरबारमा शीर्ष नेताहरुको बैठक सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८३ दिन अगाडि
सिंहदरबारमा शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं -संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् । बैठकमा सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे छलफल हुनेछ । उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको बैठक बुधबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।