चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८२ दिन अगाडि
चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौं -बाराको जीतपुरसिमरा चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

तीर्थयात्री बोकेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका १९ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।