काठमाडौं- आधुनिकता र विकाससँगै सहरमा वस्ने मानिसहरूको संख्या बढ्दाे छ । सुविधा र अवसरका लागि सहर पसेसँगै मान्छेको जीवन शैली पनि परिवर्तन हुने गरेको छ । शारीरिक परिश्रम कम तर मानसिक बढी छ ।
शरीरलाई स्वास्थ्य राख्न सन्तुलित आहारसँगै शारीरिक व्यायम पनि आवश्यक पर्दछ । हामीले खाएको आहारलाई पचाउन र शरीरमा उर्जा प्राप्त गर्न सन्तुलित व्यायाम पनि महत्वपूर्ण छ । गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनि, आलस्यता तथा उर्जाको कमि भएजस्तो लाग्नथाल्छ ।
यद्यपि, हामीले केही सावधानीहरु अपनायौं भने गर्मी मौसममा पनि स्वस्थ तथा फुर्तिलो रहन सक्छौं । गर्मीमा चिया–कफीको सेवन कम गर्नुपर्छ । यसबाहेक जुस, आइस, दही, लस्सी, सातु, कागती–पानी, वेल सर्वत, नरिवल पानी, उखुको रसलाई आफ्नो खानपिनमा समावेश गर्नु फाइदाजनक हुन्छ।
यससँगै थाहा पाउनुहाेस् यी ८ टिप्स जसले हामी गर्मीको समयमा स्वस्थ रहन सक्छाैं :
१.गर्मीको मौसममा पानीको सेवन धेरै गर्नुको साथै घरमा ग्लुकोज, इलेकट्रोवियन, जीवनजल, पुदिना आदि राख्नुपर्छ ।
२.बाहिर घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनुहुँदैन । त्यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी राम्रो हुन्छ ।
३.अत्याधिक चिसो पेय पदार्थबाट टाढा रहनुपर्छ ।
४.पचाउन सजिलो हुने तथा हल्का सब्जी खानुपर्छ । गाजर, टमाटर, पालकबाहेक पानीको मात्रा भएको लौका जस्ता सब्जी राम्रो हुन्छ । यी सब्जीहरूमा क्यालोरी समेत कम हुने भएकाले गर्मीसित लड्ने क्षमता पनि हुनेगर्छ ।
५.मिठाइको बदलामा फलफूल खानुपर्छ ।
६.गर्मीमा हिट स्ट्रोक र डिहाइड्रेसनबाट जोगिनका लागि बिहान सबेरै र साँझपख हिँडनु राम्रो हुन्छ ।
७. ध्यान तथा योग अभ्यास गर्ने ।
८. स्वस्थ्य रहन हप्तामा एक सय ५० मिनेट व्यायाम गर्नु अति आवश्यक छ ।