सुन तस्करी आरोपमा थुनामा रहेका चिनियाँ नागरिकका प्रेमिकाहरू पनि पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८१ दिन अगाडि
सुन तस्करी आरोपमा थुनामा रहेका चिनियाँ नागरिकका प्रेमिकाहरू पनि पक्राउ

 काठमाडाै‍‌ -हङकङबाट नेपालमा कार्गोमार्फत सुन तस्करी गरेको आरोपमा थुनामा रहेका चिनियाँ नागरिकका प्रेमिकाहरू पनि पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानका लागि केही युवतीलाई नियन्त्रणमा लिएको हो। तर, सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि हुन सकेको छैन। पक्राउ परेका युवतीहरू भारतीय हुन् उनीहरूमार्फत सुन तस्करी गिरोहबारे थप सूचना प्राप्त हुन सक्ने भएकाले नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ। संलग्नता पुष्टि नभएकाले उनीहरूलाई संगठित अपराध कसुरमा नभई अन्य मुद्दामा म्याद थप गरेर थुनामा राखिएको स्रोत बताउँछ। 

करिब ६० किलो सुन तस्करीमा जोडिएका चिनियाँ मूलका नौजना व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ। गिरोहका नाइकेहरूले काठमाडौंमा घर भाडामा लिएर आफ्ना प्रेमिका राख्दै आएका थिए। भारतीय युवतीहरू राखिएका धुम्बाराही र मन्डिखाटारका दुई घरमा सिआइबीले छापा हानेको थियो।