अभिनेता सानु ताम्राकारको निधन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८० दिन अगाडि
अभिनेता सानु ताम्राकारको निधन

काठमाडौं -अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ ।

शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । ७४ वर्षका ताम्राकार २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए ।

ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको अध्यक्ष निरौलाले जनाए ।गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले बुवा सानु ताम्राकार चिन्तामा थिए । उनी पछिल्लो समय मिर्गौलाको उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए । गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले बुवा सानु ताम्राकार चिन्तामा थिए ।