ओलीले सर्वदलीय बैठकमा एकीकृत समाजवादीलाई निषेध गरे -नेपाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८० दिन अगाडि
ओलीले सर्वदलीय बैठकमा एकीकृत समाजवादीलाई निषेध गरे -नेपाल

 काठमाडाै‌ -नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरेका हुन्। संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भएपनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर आफ्नो पार्टीलाई सहभागी नगराएको नेपालको जिकिर थियो।

‘ओलीले यो पार्टीको मतलव नै नराख्ने। हुँदाहुँदा हिजोअस्ती त संसदमा अरु सबै पार्टी हुन्छ तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रश्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानविन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी । राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्,’ उनले भने। अध्यक्ष नेपालले नेकपा ब्युँताउने आफ्नो प्रस्तावसमेत ओलीले लत्याएको दोहो¥याए। विगतमा राष्ट्रपति पद पाउनका लागि आफूसँग भेट्न खोज्ने ओलीले अहिले आफ्नो पार्टीलाई निषेध गरेको नेपालको भनाइ छ।