राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विभिन्न ३ देशमा राजदूत नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७८ दिन अगाडि
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा  विभिन्न ३ देशमा राजदूत नियुक्त

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ देशमा राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् । 

जसअनुसार सुधीर भट्टराई फ्रान्स, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स (यूएई) र घनश्याम लम्साल कुवेतको राजदूत नियुक्त भएका छन् । 

उनीहरु मन्त्रिपरिषद्को सिफारिसमा यसअघि नै संसदीय सुनुवाइपछि राजदूतमा अनुमोदन भएका थिए ।