अखाद्य पेय पदार्थ बेच्ने कम्पनीलाई डेढ लाख जरिवाना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७७ दिन अगाडि
अखाद्य पेय पदार्थ बेच्ने  कम्पनीलाई डेढ लाख जरिवाना

काठमाडाै‌ -काठमाडौं महानगरपालिकाले अखाद्य पेय पदार्थ बेच्ने कम्पनीलाई डेढ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

आइतबार बजार अनुगमनका क्रममा ढुसी परेको कोल्ड ड्रिंक्स (कोकाकोला) बेचेको भेट्टाएपछि पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई जरिवाना तिराएको हो । महानगरको बजार अनुगमन समितिले सो कम्पनीलाई एक साताभित्र जरिवाना तिरी बैंक भौचरको प्रति पेस गर्न भनेको छ । तोकिएको अवधिमा जरिवाना नतिरे कानुनबमोजिम कारबाही गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनका अनुसार बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री–वितरण गरेको भेटिनेमाथि महानगरले कारबाही गर्दै आइरहेको छ ।

यसअघि मिठाई पसल, खानेपानीका जार, खाद्यान्नलगायत वस्तु बिक्री–वितरण गर्ने पसलहरूलाई महानगरले जरिवाना तिराएको थियो । ‘महानगरभित्र रहेका कुनै पनि पसलहरूले अखाद्य तथा म्याद सकिएको खानेकुरा बेच्न मनाही छ,’ प्रवक्ता मानन्धरले भने, ‘हामीले झुक्याएर बजार अनुगमन गरेर कारबाही गर्छौँ ।’