काठमाडाै -समाजवादी मोर्चाको धनगढीमा आज तय गरिएको सुदूरपश्चिम प्रदेश स्तरको सन्देश सभा स्थगित भएको छ ।
पूर्वनिर्धारित कार्यक्रम अन्तिम अवस्थामा आएर स्थगित भएको हो । सभाको अर्को मिति छिट्टै तोकिने समाजवादी मोर्चा सचिवालयका सदस्य सचिव एवं एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । मोर्चाका नेताहरूले विशेष कारणवश सभा स्थगित भएको बताएका छन् । नेकपाका महासचिव विप्लवले अर्को कार्यक्रमका कारण सभा स्थगित गर्न आग्रह गरेकाले स्थगित भएको एक नेताले बताए । ती नेताका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादव पनि नेपाल बाहिर रहेकाले अर्को मितिमा सभा गर्ने गरी आजको सभा स्थगित गरिएको हो ।