काठमाडाै-एसिया कपमा डेब्यु गर्न लागेको नेपाली टिम मुल्तान क्रिकेट रंगशालामा उत्रिसकेको छ ।
नेपाली खेलाडी मैदानमा अभ्यास गरिरहेका छन् । एसिया कप २०२३ को पहिलो खेलमा नेपाल एकदिवसीयको शीर्ष वरीयता हासिल पाकिस्तानसँग भिड्दै छ । पाकिस्तानको वर्तमान टोलीले बलिङ, ब्याटिङ र फिल्डिङमा सानदार प्रदर्शन गरिरहेको छ । तर, नेपाली खेलाडीले पाकिस्तानसँगको खेललाई अन्य प्रतिस्पर्धीसँगको जस्तै लिने बताएका छन् । नेपाली क्रिकेटले पनि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
केही साताअघि जिम्बाबेमा भएको विश्वकप क्वालिफायरमा नेपालले वेष्टइन्डिज, जिम्बाबेस्ता ठूला टिमसँग प्रतिस्पर्धा गरेको थियो । एक सातादेखि कराँचीमा नेपालले लगातार अभ्यास पनि गरेकाले नेपाली खेलाडी पनि उच्च मनोबलमा साथ मैदानमा देखिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्न थालेको २७ वर्ष वर्ष पूरा हुन लागेको नेपालले कस्तो प्रदर्शन गर्ला भन्ने आमकुतूहल छ । त्यसैले आज दिउँसो सवा ३ बजेबाट सुरु हुने खेलतर्फ संसारभरका क्रिकेटप्रेमीको नजर रहेको छ ।