काठमाडौं - पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अहिलेको अर्थतन्त्रको टे«न्डलाई बदल्न जरुरी भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित साना राज्य क्षमताहरु ः नकारात्मक प्रतिस्पर्धा र नेपालमा विदेशी नीति प्राथमिकता सम्बन्धी सेमिनारमा उनले दुई छिमेकी राष्ट्रको बढ्दो ठूला अर्थतन्त्रबाट फाइदा लिन सक्ने गरी अर्थतन्त्रको स्वरुप फेर्नु पर्ने बताएका हुन् ।
उनले नेपालको अर्थतन्त्रको वर्तमान ट्रेन्डलाई बदल्न अमेरीका लगायतका ठूला शक्ति राष्ट्रको साथ चाहिने उल्लेख गरे । उनले दुई छिमेकीको बढ्दो ठूलो अर्थतन्त्रबाट नेपालले फाइदा लिन पूर्वाधार र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपालको पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँगै अर्थतन्त्रलाई गति दिन भारत र चीनको एकएक करोड पर्यटक भित्र्याउने गरी कार्य गर्न आवश्यक रहेकोमा पनि जोड दिए।
उनले नेपालमा चाइनिज वस्तु पहिला चाइनाबाट नेपाल आउने र भारतीयले पनि काठमाडौंबाट भारत लैजाने गरेकोमा हाल भारतबाट चाइनिज वस्तु नेपाल भित्रन थालेको भन्दै वस्तु आयातको बदलिँदो पछिल्लो अवस्थाबारे चिन्ता प्रकट गरे । हाल विदेशी मुद्र संचितिदर राम्रै रहेपनि आर्थिक चुनौति यथावत नै रहेको उनको भनाई छ ।