झन्डै ३० अङ्कले घट्यो शेयर बजार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९६२ दिन अगाडि
झन्डै ३० अङ्कले घट्यो शेयर बजार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झन्डै ३० अङ्कले घटेको छ । आज आइतवार नेप्से २९ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ६० दशमलव ७८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा होटल, पर्यटन, जलविद्युत्, बीमा लगायतका समूहको शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

आज लिबर्टी इनर्जी र सिटी होटलको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि थ्रीस्टार हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ । यसअघि बुधवार एक अर्ब १३ करोड रुपैयाँकाे शेयर किनबेच भएकोमा आज दुई सय ७६ वटा कम्पनीका ४० लाख ५३ हजार कित्ता शेयर एक अर्ब १८ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साेल्टी हाेटलकाे तीन कराेड ८८ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।