कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७१ दिन अगाडि
कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

 काठमाडाै‌ -कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट सोमबार पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ । आइतबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश गरेको थियो । मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए । भदौ ७ को प्रारम्भिक सुनुवाइमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्न नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो  ।