भारतविरुद्ध आसिफको अर्धशतक पूरा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७१ दिन अगाडि
भारतविरुद्ध आसिफको अर्धशतक पूरा

काठमाडाै‌ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले भारतविरुद्धको खेलमा अर्धसतक बनाएका छन् ।

श्रीलंकाकाे पालेकेले रंगशालामा जारी खेलमा आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका हुन् ।आरिफको खेल करियरकै दसाैं अर्धसतक हो । यसअघि नेपालका लागि आसिफले ब्यक्तिगत एक सतकसहित नाै अर्धसतक बनाएका थिए । उनले अहिलेसम्म ४३ खेलमा ४३ इनिङ्समै ब्याटिङ गरेका छन् ।सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले एसिया कपअन्तर्गत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध पाँच रन बनाएका थिए । पाकिस्तानका एक ब्याट्सम्यानको क्याच समेत लिए । एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन् । उनको व्यक्तिगत उच्चरन ११० हो ।

एसिया कपअन्तर्गतको आजको खेलमा टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले २७.२ ओभरमा चार विकेट गुमाउँदै एक सय १३ रन बनाएको छ । यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन बनाएर पेभिलियन फर्किएका हुन् । भारतका रविन्द्र जडेजाले तीन विकेट लिएका छन् ।