एसिया कप : वर्षाले फेरि खेल रोकियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७१ दिन अगाडि
एसिया कप : वर्षाले फेरि खेल रोकियो

 काठमाडाै‌ -एसिया कपअन्तर्गत भारतविरुद्धकाे खेल वर्षाका कारण पुनः रोकिएको छ ।

 ३७.५ आभेरमा  नेपाल १७८–६ को स्थितिमा छ । दीपेन्द्रसिंह ऐरी २७ रन र सोमपाल कामी ११ रन बनाएर क्रिजमा छन् । यसपछि करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीको ब्याटिङक्रम छ ।
 
यसअघि नेपालले ३३.४ ओभरमा १५०–६ को अवस्थामा थियो । श्रीलंकाका पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ शेख अर्धसतक बनाएर आउट भएका छन् ।  आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन् । यसअघि आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका थिए । आसिफको खेल करियरकै दशौं अर्धसतक हो । यसअघि नेपालका लागि आसिफले ब्यक्तिगत एक सतकसहित नवौं अर्धसतक बनाएका छन् । 

आसिफले ४३ खेलमा ४३ इनिङ्समै ब्याटिङ गरेका छन् । सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए । आसिफले एसिया कपअन्तर्गत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध पाँच रन बनाएका थिए । एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन् । उनको व्यक्तिगत उच्च रन ११० हो ।  यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो । भिम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन, गुल्शन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन् । भारतका रविन्द्र जडेजाले तीन तथा मोहम्मद रिजाले दुई विकेट लिएका छन् ।