अक्सिडेन्टल पब्लिक स्कुलमा ‘ओपिएस इन्टर स्कुल फ्रेण्डसिप क्विज कन्टेस्ट २०८०’ सम्पन्न

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४७ दिन अगाडि
अक्सिडेन्टल पब्लिक स्कुलमा ‘ओपिएस इन्टर स्कुल फ्रेण्डसिप क्विज कन्टेस्ट २०८०’ सम्पन्न

काठमाडौं- अक्सिडेन्टल पब्लिक स्कुल अनामनगरले ‘उपत्यका ब्यापी अन्तर विद्यालयमैत्री हाजिरी जवाफ २०८०’ सम्पन्न गरेको छ । ‘ओपिएस इन्टर स्कुल फ्रेण्डसिप क्विज कन्टेस्ट’ नाम दिइएको प्रतियोगितामा उपत्यकाका ३३ वटा विद्यालयबाट ४६ वटा टिम र हरूको सहभागिता रहेको विद्यालयका सह–प्राचार्य केवी निरौलाले जानकारी दिए। 

विद्यार्थीको शैक्षीक गुणस्तर तथा उनीहरूको बौद्धिक विकासमा ध्यान दिँदै प्रतियोगिताको आयोजना गरिएको थियो । विहीबार र शुक्रबार गरी दुई दिनमा सम्पन्न प्रतियोगितामा व्हिज किड्स स्कुल ‘ए’ (whiz kids school) प्रथम भएको छ । उक्त विद्यालयको समूहले ट्रफी प्रमाण–पत्र मेडलका साथै नगद रु २५ हजार जितेको छ ।

यस्तै प्रतियोगितामा ब्राइट फ्युचर सकेन्डरी स्कुल ‘बी’  (Birght Future Secondary School) दोस्रो भएको छ। उक्त स्कुलले पनि ट्रफी, प्रमाण–पत्र मेडलका साथै रु १५  हजार नगद जितेको छ । यसैगरि युनाइटेड स्कुल (United School) र सैनिक आवासीय महाविद्यालय (Sainik awasiya mahavidyalaya ) क्रमशः तेस्रो र सान्तवना स्थान हासिल गरेका छन् । यी विद्यालयहरूले पनि ट्रफी, प्रमाण–पत्र, मेडलका साथै क्रमश रु १० हजार र सान्तवना स्वरुप रु ५ हजार जितेको ओपिएस विद्यालयका शिक्षक एवंम् कार्यक्रमका संयोजक निश्चल प्याकुरेलले जानकारी दिए । 

हाजिरी जफावमा जित हासिल गर्ने विद्यलाय तथा सहभागि विद्यार्थीहरूलाई काठमाडौं जिल्लाका शिक्षा विकास समन्वय इकाई प्रमुख नन्दलाल पौडेलले, आयोजक अक्सिडेन्टल पब्लिक स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. सिद्धिप्रसाद कोइराला, विद्यालयका निर्देशक डिवी निराैला, विद्यालयका प्रधानाध्यापक टेक बहादुर पाैडेल, व्यवस्थापकसहित शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा पुरस्कृत गरिएको थियो।

कार्यक्रमको सोही समापन सत्रमा बोल्दै प्रमुख अतिथि पौडेलले विद्यार्थीको बौद्धिक विकासमा अब्वलता प्रदान गर्न यस्ता कार्यक्रम महत्वपूर्ण सावित हुने र प्रतियोगिताको आयोजनाले सहभागि विद्यार्थीमात्र नभएर सम्पूर्ण विद्यार्थीको जित भएको बताए । उनले हरेक काममा निश्चित उद्देश्यका साथ अघि बढ्दा सफलता प्राप्त गर्न सकिने हुनाले सोहि अनुरुपका लक्ष्य लिएर अघि बढ्न पनि विद्यार्थीहरूलाई आग्रह गरे। 

विद्यालय शिक्षा प्राप्त गर्दा सबै शिक्षित हुन सक्ने तर चेतना र व्यावहारिक पक्षका आधारमा सबै साक्षर बन्न नसक्ने हुनाले बौद्धिक र चेतनशील हुन पनि पौडेलले विद्यार्थीहरूलाई सुझाए थिए । 

यस्तै कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. कोइरालाले विद्यार्थी आँफैले गरेको कार्यक्रममा देखिएको उल्लेख्य सहभागिता आफैमा उत्कृष्ट भएको बताए ।

उनले यस्ता बौद्धिक ज्ञान वृद्धि गर्ने प्रतियोगिताहरूले विद्यार्थीमा आत्मविश्वासको विकास गर्नका साथै नेतृत्वदायी भूमिकामा अग्रसर बनाउन सहयोग पुर्याउने बताए । यस्ता प्रतियोगिता प्रत्येक वर्ष गरिनु पर्ने र विद्यार्थीहरूको सहभागिता पनि उल्लेख्य हुनु पर्नेमा प्रा.डा. कोइरालाले जोड दिए ।