दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १ अर्बमाथि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५५ दिन अगाडि
दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १ अर्बमाथि

काठमाडौं - साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो । आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ । आइतबार जलविद्युतबाहेक सबै उपसूचकहरु बढेको छ । आइतबार सूर्योदय वामी लघुवित्त, सुभम पावर, न्यादी हाइड्रो, मेन्छियाम हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले सर्वाधिक ७.८१ प्रतिशतले गुमाए । मन्जुश्री फाइनान्स डिभेञ्चर, सिंगटी हाइड्रोसहितका धितोपत्रको मूल्य समेत धेरैले घटेको छ ।