ललिता निवास प्रकरण -मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९६५ दिन अगाडि
ललिता निवास प्रकरण -मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग

काठमाडौं -ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो । जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ, तर सबैको धरौटी रकम बेग्लाबेग्लै छ ।